ट्रेण्डिङ

होमपेज / समाज

पर्सामा ११८ केजी चरेससहित ३ जना पक्राउ

नेपालगाथा २०७९ चैत्र २७ गते सोमबार १६:४१:३३ मा प्रकाशित

पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका ५ देउरियाबाट अवैध लागूऔषध चरेस ११८ केजी र अवैध लागूऔषध गाँजा ४ केजीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका ८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका ६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top