होमपेज / समाज
सुर्खेत। हुम्ला जिल्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले अर्धबार्षिक समीक्षा र सार्बजनिक सुनुवाई कार्यक्रम गरेको छ । हालसम्म गाउँपालिकाबाट भए गरेका कृयाकलाप सार्वजनिक गर्न सिमकोट गाउँपालिकाले सो कार्यक्रम आयोजना गरेको नि. प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाले बताए ।
आईतबार जिल्ला समन्वय समितिकाे सभाहलमा गाउँपालिकाले संचालन गरेको अर्धबार्षिक समीक्षा तथा सार्बजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक बर्षमा चालु तर्फ ३५ करोड ७१ लख ७६ हजार र पुजिगत तर्फ २२ करोड २९ लाख २१ हजार गरी जम्मा वार्षिक बजेट ५८ करोड ९७ हजार रहेको बताए । जम्मा वार्षिक बजेट चालु तर्फ १६ करोड ३८ लाख १६ हजार र पुजिगत तर्फ ४ करोड ९२ लाख ९१ हजार गरि जम्मा २१ करोड ३१ लख ७ हजार मात्र खर्च भएको गाउँपालिकाका लेखा अधिकृत बिशााल बोहोराले सार्बजनिक गरे । यसरी खर्च भएको बिबरण हेर्दा भाैतिक तर्फ ४६ प्रतिशत र बित्तिय तर्फ ३७ प्रतिशत मात्र प्रगति भएको बताए।
असार मसान्त लाग्न ३ महिना मात्र बाँकी हुँदा पुँजीगत खर्च चैत्र मसान्तसम्म ३७ प्रतिशत मात्र भएको छ । यसरी प्रगति कम देखिनुुमा पहिलो कुरा निकासा ढिलो आउनुु, हिउँदमा हिमपात र कर्मचारी तथा जनप्रतिनिधि जिल्लाबाहिर जानुु, विकास निर्माणका लागि चाहिने सामाग्री जिल्ला बाहिरबाट ल्याउनु पर्नेहुदा तर समयमै ढुवानी नहुनुु र कर्मचारी र जनप्रतिनिधिलाई संघ तथा प्रदेशबाट तालिममा बोलाउने कार्यले गर्दा काम गर्न ढिलाइ भएको नि. प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताए ।
.jpg)
गाउँपालिका अध्यक्ष बिजय भण्डारीको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रममा गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत रोकाया, जिल्ला समन्वय समितिका उप प्रमुख दलु फडेरा, प्रमुख जिल्ला अधिकार श्रीनाथ पौडेल, पालिकाकी उपाध्यक्ष शुशिला रोकाया, ८ वटै वडाका वडा अध्यक्ष लगाएत सरोकारवाला निकायका प्रमुख र स्थानीयबासीको उपस्थिती रहको थियो ।
