ट्रेण्डिङ

होमपेज / समाज

झण्डै ६ अर्बको अलैंची र १ अर्बको प्लाइउड निर्यात

नेपालगाथा २०७९ चैत्र २६ गते आइतबार १४:४३:३३ मा प्रकाशित

झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९ र ८० को फागुन मसान्तसम्म ९आठ महिना०मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ ।

गत आव २०७८ र ७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार रुपैयाँ मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार रुपैयाँ बराबरको एक करोड एक लाख ७८ हजार एक सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो ।

यसैगरी चालु आव २०७९ र ८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार तीन सय ७४ केजी अलैँची भारत निर्यात भएको छ । गत आव २०७८ र ७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट तीन अर्ब २२ करोड २७ लाख २२ हजार रुपैयाँ बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैंची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उक्त आवको १२ महिनामा भने चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार रुपैयाँ बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो ।रासस बाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top