ट्रेण्डिङ

होमपेज / समाज

बाजुरा-हुम्ला खण्डको सडक पुन सञ्चालनमा

नेपालगाथा २०७९ चैत्र २६ गते आइतबार १२:१९:०१ मा प्रकाशित

सुर्खेत । कर्णाली कोरिडोरको हुम्ला–बाजुरा खण्डको सडक पुन सञ्चालनमा आएको छ। बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ को धुला चौर नजिकको साका चौरको भीरमा बीच सडकमा बिग्रिएको स्काभेटर मर्मत गरेपछि सडक पुन सञ्चालनमा आएको हो।

धुला चौर नजिकको साका भीरमा स्काभेटर सडकमै चल्दै गरेको अवस्थामा इन्जिनमा खराबी आएर सञ्चालन हुन नसकेपछि पाँच दिनदेखि हुम्ला र बाजुरा खण्ड सडक अवरुद्ध भएको थियो।

नयाँ मेसिन बाजुराबाट हुम्लाको ताँजाकोट गाउँपालिकातर्फ जाँदै गरेको अवस्थामा एक्कासि मेसिनले काम नगरेपछि सडक अवरुद्ध भएको थियो । सडकको मध्य भागमा मेशिन बिग्रिएपछि सो खण्डमा मोटरसाइकल समेत सञ्चालनमा आउन सकेको थिएन। 

मेसिनको बिग्रिएको पार्ट काठमाडौँबाट ल्याएर मर्मत गरिएपछि सडक सुचारु भएको बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top