ट्रेण्डिङ

होमपेज / समाज

अन्तरजातीय विवाह गर्ने ६० जोडी जुम्लामा सम्मानित

नेपालगाथा २०७९ चैत्र २५ गते शनिबार १५:१३:४८ मा प्रकाशित

काठमाडौं । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन् । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनको क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गरेका कारण उनीहरुको हौसला बढाउन र सम्मान जनाउन कार्यक्रम गरिएको छ । सम्मानित जोडीले यो सम्मानले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको वताउनुभयो ।

सम्मान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भण्डारीले समानता समानुपातिकको मुल एजेण्डा माओवादी सुत्राधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको बताए । कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियारले दलितले वनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउदै जानु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top