ट्रेण्डिङ

होमपेज / समाज

३ वटा उजुरी खारेज रवि लामिछानेकाे उम्मेदवारी कायम

नेपालगाथा २०७९ चैत्र २२ गते बुधबार १६:४०:४५ मा प्रकाशित

चितवन । चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ ।

लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो । लामिछानेका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ ।

लामिछानेको उम्मेदवारी विरुद्ध इमेलबाट उजुरी गरेका युवराज सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top