होमपेज / समाज
सुर्खेत । जुम्लाको सदरमुकाम खलंगाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ ।
विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाको सम्मान तथा कर्णालीको पर्यटन प्रवर्द्धनका लागि आगामी वैशाख ११ गते जुम्ला-रारा अल्ट्रा म्याराथन आयोजना गरिने भएको छ। कर्णालीको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको आँगनबाट सुरु भई रारा तालको हुटुछेउमा अन्त्य हुने उक्त प्रतियोगिताको दूरी ४९ किलोमिटर छ ।
कर्णाली स्पोर्ट्स क्लब जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा हुन लागेको जानकारी दिएको हो ।