ट्रेण्डिङ

होमपेज / समाज

बागमतीमा एकै दिन ६३ जनामा कोभिड १९ को नयाँ भेरियन्ट

नेपालगाथा २०७९ चैत्र २१ गते मंगलबार १५:०९:०१ मा प्रकाशित

मकवानपुर । नेपालमा पछिल्लाे समय कोरोना भाइरस​ (कोभिड १९) को संक्रमण बढ्दै गएको छ । यसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ पनि देखा परेको स्वास्थ्य मन्त्रालयले सोमबार मात्रै पुष्टि गरेको छ ।

यसैबीच बागमती प्रदेशका शहरी क्षेत्रहरूमा कोभिड संक्रमण दर बढेको तथ्याङ्कले देखाएको छ । प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका डाक्टर रविन भुसालका अनुसार ३ सय ६६ जनाको परीक्षण गरिएकाेमा ६३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

देशैभरमा ७६ जनामा कोभिड संक्रमण हुँदा यस प्रदेशमा मात्र ६३ जनामा संक्रमण देखिएको हो । मन्त्रालयले कोभिड सङ्क्रमणको लक्षण देखिनासाथ आइसोलेसनमा बस्न अनुरोध समेत गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गरइ आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।

मन्त्रालयले रुघा, खोकी र ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउन समेत आग्रह गरेको छ । कोभिड–१९ महामारी अझ पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ ।

शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढिरहेको छ । चैत २० गते मात्रै ७६ जनामा नयाँ सङ्क्रमण र सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय २७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top