ट्रेण्डिङ

होमपेज / समाज

लघुवित्त पीडितहरूले पाँच बुँदे माग राख्दै सुरु गरे अनसन

नेपालगाथा २०७९ चैत्र २१ गते मंगलबार १४:३७:५४ मा प्रकाशित

काठमाडौं। लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुले काठमाडौंमा अनसन सुरु गरेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुले गरिब जनताहरुलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा मंगलबारबाट काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गरिएको हो । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सारेका छन् ।

संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन अनसन सुरु गरिएको र विभिन्न जिल्लास्थित प्रशासन कार्यालयहरुमा पनि धर्ना कार्यक्रम राखिएको जानकारी दिए । उनले लघुवित्त संस्थाहरुले मुनाफा केन्द्रीत लगानी गरेर जनतालाई मारमा गरेको गुनासो गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top