होमपेज / समाज
काठमाडौं । आइतबार देशका दुईवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।
आइतबार राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ। भोलि (सोमबार) सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ।
मंगलबार पनि देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का र क्षणिक वर्षा भए पनि अन्य स्थानमा मौसम सफा रहने जनाइएको छ। महाशाखाले मेघगर्जनरचट्याङ्ग तथा हावाहुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।