ट्रेण्डिङ

होमपेज / समाज

बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

नेपालगाथा २०७९ चैत्र १६ गते बिहीबार १७:२३:३८ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ ।

यही १८ चैतदेखि लागू हुने गरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि बारा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य रहेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै १८ चैतदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने र उपनिर्वाचनका लागि यही २० चैतमा उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको प्रवक्ता पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top