ट्रेण्डिङ

होमपेज / समाज

डण्डीफोर आउने कारणहरु

नेपालगाथा २०७९ चैत्र १५ गते बुधबार १४:२९:४२ मा प्रकाशित

युवा अवस्थामा प्रवेश गरेपछि मानिसको अनुहारमा डण्डीफोर आउँछ। यसले कतिपय युवायुवतीको अनुहारै कुरुप बनाइदिन्छ। डण्डीफोर आउँदा खानेकुरा बार्नु पर्छ भन्ने छैन। तर चिल्लो पदार्थ धेरै मात्रामा खाने र राती ढिलोसम्म बस्नाले डण्डीफोर फैलन सहयोग पुग्छ। उमेरले आउने डन्डिफोर एकपटक आउ“छ, हराएर जान्छ। आफैँ हराएन भने चिकित्सकको सल्लाह अनुसार डण्डीफोरको उपचार गर्नेपर्ने हुन्छ। डण्डीफोर हटाउने नाममा जथाभावी औषधि प्रयोग गर्ने, हातले चलाउने र जबजस्ती निर्चोेर्ने काम गर्नु हुँदैन। यसले गर्दा बिग्रेर अनुहार कुरुप हुन सक्छ।

कारण
युवावस्थामा हार्मोनको बृद्धि
पेटको खराबी
रगतको कमी
छाला फोहोर हुनु
विभिन्न प्रकारका क्रिम मलमको प्रयोग
भिटामिन ‘ए’को कमी
चिल्लो पदार्थको बढी सेवन
महिनावारीमा खराबी
पेय पदार्थको असर

डण्डीफोरबाट कसरी बच्ने ? 
डण्डीफोरबाट बच्नका लागि सुत्नुअघि तातो पानीले मुख धुने र अनुहारमा तातो पानीको बाफ दिने गर्नुपर्छ। बिहान सबेरै उठ्ने बानी बसाल्नु पर्छ र सुर्योदय भन्दा अगाडि नै घुम्न जाने गर्नुपर्छ। त्यस्तै सुत्नुभन्दा अगाडि जैतुनको तेल अथवा जाइफल दुधमा घोटेर लगाउनाले पनि डण्डीफोरको फैलावटका कमी आउने गर्छ। डण्डीफोरबाट बँच्नका लागि बिहानै शौचालय जाने वानी बसाल्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top