ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यका प्रहरी प्रमुखमा ज्ञवाली

नेपालगाथा २०७९ चैत्र १५ गते बुधबार १२:५४:५७ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मा श्यामलाल ज्ञवालीलाई दिइएको छ । एआइजी श्यामलाल ज्ञवालीले उपत्यका प्रहरीप्रमुखको जिम्मेवारी पाएको जानकारी दिए । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीन जिल्लाको कमाण्ड कन्ट्रोल गर्ने गर्छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरको सम्पूर्ण सुरक्षाको जिम्मेवारी रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयले नियन्त्रण गर्ने गर्छ । यसअघि उनी कोशी प्रदेश प्रहरी प्रमुख थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुख भएरपनि जिम्मेवारी सम्हालिसकेका छन् ।

ज्ञवाली यसअघि मेट्रोमा कार्यरत थिए । ज्ञवाली केही समय अघिमात्र अतिरिक्त महानिरीक्षक भएका थिए । उनी प्रहरी महानिरीक्षक हुने लाइनमा पनि थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top