ट्रेण्डिङ

होमपेज / समाज

जिल्ला प्रशासन कार्यालय हुम्लामा भ्रष्टाचार विरुद्ध धर्ना

नेपालगाथा २०७९ चैत्र १४ गते मंगलबार २०:३७:०५ मा प्रकाशित

सुर्खेत । बागेश्वरी असल शासन क्लब (बास)ले जिल्ला प्रशासन कार्यालय हुम्लामा भ्रष्टाचार विरुद्ध मौन धर्ना दिएको छ । जिल्लामा हुने गरेका अनियमितता, घुसखोरी, ढिलासुस्ती र भ्रष्टाचार न्यूनिकरण विरुद्ध बास नेपाल हुम्ला शाखाले मौन धर्ना गरेको हो ।

बास नेपालले मंगलबार देशका ७७ वटै जिल्लामा धर्ना अभियान सुरु गरेसँगै बास नेपाल हुम्ला शाखाले पनि प्रशासन कार्यालय हुम्लामा मौन धर्ना गरेसँगै ११ बुदे ज्ञापनपत्र बुझाएको हो ।

बास नेपाल हुम्लाका अध्यक्ष तिर्थराज भण्डारी नेतृत्वको टोलिले जिल्लामा हुने लैङ्गिक हिंसा, भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती र घुसखोरी जस्ता बेथितिका विरुद्ध प्रशासन कार्यालयमा धर्नासँगै ज्ञापनपत्र बुझाएको हो ।

कुनै पनि सरकारी निकायले सरल र सहज ढङ्गले जनतालाई सुविधा दिनुपर्ने, सरकारी कर्मचारी जनताप्रति जबाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

बास नेपालले सुरु गरेको अभियानको प्रशंसा गर्दै प्रजिअ श्रीनाथ पौडेलले सरकारी तथा गैरसरकारी कार्यालयमा हुने यस्ता कार्य प्रति निगरानी राख्नुका साथै सुशासन कायम गर्न पुर्णरुपमा  साथ, सहयोग र पहल कदमि गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top