ट्रेण्डिङ

होमपेज / समाज

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भ्रष्टाचार विरुद्ध धर्ना

नेपालगाथा २०७९ चैत्र १४ गते मंगलबार १६:३२:१३ मा प्रकाशित

सुर्खेत । बागेश्वरी असल शासन क्लव (बास)ले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा भ्रष्टाचार विरुद्ध मौन धर्ना दिएको छ। जिल्लामा हुने गरेका अनियमितता, ढिलासुस्ती, घुसखोरी र भ्रष्टाचारविरुद्ध बास नेपाल सुर्खेत शाखाले मौन धर्ना गरेकाे हो।

बास नेपालले मंगलबार देशभरीका ७७ वटै जिल्लामा धर्ना दिएसँगै बास नेपाल सुर्खेत शाखाले पनि प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाउनुका साथै माैन धर्ना गरेकाे हो।

बास नेपाल सुर्खेतका अध्यक्ष भगवती बिसीले जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना सँगै ज्ञापनपत्र बुझाएको जानकारी दिइन्।

उक्त ज्ञापनपत्रमा कुनै पनि सरकारी निकायले सरल र सहज ढंगले जनतालाई सुविधा दिनुपर्ने, सरकारी कर्मचारी जनताप्रति जवाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान गर्नुपर्ने उल्लेख छ। ज्ञापनपत्र बुुझ्दै प्रजिअ नारायणप्रसाद सापकोटाले कार्यालयमा हुने यस्ता कार्यप्रति आफूले निगरानी राख्नुको साथै सुशासन कायम गर्न पूर्णरुपमा सचेत रहने प्रतिबद्धता जाहेर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top