ट्रेण्डिङ

होमपेज / समाज

गाउँपालिकाले सुरु गर्याे पूर्ण खोप सुनिश्चितता अभियान

नेपालगाथा २०७९ चैत्र १४ गते मंगलबार १६:१४:२६ मा प्रकाशित

सुर्खेत । सिमकोट गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता अभियान सञ्चालन गरेेकाे छ। गाउँपालिका भित्रका ८ वटै वडामा जन्मेदेखि एक वर्षमुनिका बालबालिकाले खोप  पाए/नपाएको सुनिश्चित गर्नका लागि उक्त अभियान थालिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले जानकारी दिए।

आगामी वैशाख महिनाभित्र गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने लक्ष्य लिएकाे पालिकाले हरेक वडाका घरघुरी सर्वेक्षणमार्फत खोप पाए/नपाएको सर्वेक्षण गरी खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याइने शाखा प्रमुख भण्डारीले बताए । 'जन्मेदेखि एक वर्षसम्मका बालबालिकालाई विभिन्न १३ रोगविरुद्धका नौ खोप दिने गरिएको छ।' उनले भने, 'हरेक स्वास्थ्य चौकी र खोप क्लिनिकमा खोप तालिकाअनुसार खोप दिई रहेका छाैँ। यदि काेही कतै छुटेका भए यस अभियानले निरन्तता दिने  छ।' 

चैत १० गतेबाट सुरु भएकाे अभियान महिनाको अन्तिम सातासम्म सञ्चालन गरिने भएकाे छ। सिमकोट गाउँपालिकाभित्र जन्मेदेखि एक वर्षमुनिका जम्मा २६४ बालबालिका रहेका छन् । 

सात गाउँपालिका भएकाे हुम्लामा गत मंसिरमा खार्पुनाथ गाउँपालिका 'पूर्ण खोप सुनिश्चितता' घोषणा भएर जिल्लाकै पहिलो पालिका भैसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top