ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा पत्रकारहरुको निःशुल्क आँखा जाँच

नेपालगाथा २०७९ चैत्र १३ गते सोमबार १७:४३:५८ मा प्रकाशित

सुर्खेत । सुर्खेतका पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ। नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवस र पत्रकार महासंघको ६८ औँ स्थापना दिवसको अवसरमा पत्रकारहरुको निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको हो।

शिविर कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले पत्रकारहरुको दृष्टि स्वास्थ्यमा देखिने समस्यालाई समाधान गर्नका लागि कार्यक्रमको आयोजना भएको बताए। शर्माले पत्रकार हरु बढी समय इलेक्ट्रोनिक सामाग्रीको नजिक रहेर काम गर्नु पर्ने भएकाले समय–समयमा आँखा जाँच गराउनु पर्नेमा जोड दिए।

एकीकृत आँखा तथा कान कार्यक्रमका कर्णाली प्रदेश संयोजक मानबहादुर कुँवरले भने, ‘विधुतिय सामाग्रीहरुमा बढी बस्नु पर्दा पत्रकारहरुका आँखामा विभिन्न समस्या देखा पर्ने हुन्छ। ती समस्यालाई समाधान गर्नका लागि स्थापना दिवसको अवसर पारेर निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो।’

सञ्चार क्षेत्र राज्यको चौथों अंग मात्रै नभई तेस्रो आँखा पनि भएकाले  पत्रकारका दृष्टि र सोचाई स्वस्थ हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले आँखा स्वास्थ्यका लागि निकै महत्वपूर्ण भएकाले सेवा लिन आग्रह गरे।

शिविरमा सुर्खेतका करिव ५५ जना पत्रकारहरुको निःशुल्क आँखा जाँच तथा औषधी र चश्मा वितरण गरिएको छ। नेपाल नेत्रज्योति संघको सहकार्य, एकीकृत आँखा तथा कान कार्यक्रमकाे व्यवस्थापनामा तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा आँखाको जाँच गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top