ट्रेण्डिङ

होमपेज / समाज

चेक अनादर मुद्दामा फरार प्रतिवादी पक्राउ

नेपालगाथा २०७९ चैत्र १३ गते सोमबार १७:२२:२७ मा प्रकाशित

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट चेक अनादर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले प्रकाउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–१० सिद्धापाईला स्कुल नजिकबाट सोही ठाउ बस्ने ४२ वर्षीया पवित्रा न्यौपानेलाई प्रहरीले प्रकाउ गरेको हो।

पवित्रालाई जिल्ला अदालत सुर्खेतले विभिन्न मितिमा चेक अनादर मुद्दामा लगत नम्बर ३३७६ मा १ महिना कैद, १ हजार जरिवाना र लगत नम्बर ३२८६ मा २ हजार जरिवाना तोकेको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top