ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली नदीमा बेवारिसे शव फेला

नेपालगाथा २०७९ चैत्र १३ गते सोमबार १४:२३:०७ मा प्रकाशित

सुर्खेत। हुम्लाको चंखेली गाउँपालिका–६ मेल्छाम नजिकै कर्णाली नदीमा बेवारिसे शव फेला परेकाे छ ।

आइतबार विहान मेल्छाम गाउँ नजिकै कर्णाली नदीमा माछा मार्न गएका स्थानियवासीले उक्त शव देखेपछि प्रहरीलाई जानकारी दिएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। 

शवको सनाखतका लागि घटना स्थलमा प्रहरीचाैकी मेल्छाम र जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिता प्रसाद चाैधरी लगायतकाे टाेली पुगिसकेकाे प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

घटनाको थप अनुसन्धान कार्य भईरहेकाे प्रहरी नायब उपरिक्षक भट्टराईकाे भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top