ट्रेण्डिङ

होमपेज / समाज

कोरोना संक्रमण फेरि देखियो मुस्ताङमा

नेपालगाथा २०७९ चैत्र १३ गते सोमबार १२:१२:१७ मा प्रकाशित

जोमसोम । मुस्ताङमा एक महिलामा कोरोना संक्रमण देखिएको छ । घरपझोङ गाउँपालिकाकी ३१ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ ।

सामान्य जरो,रुघाखोकी लक्षण देखिएकी उक्त महिलालाई एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको अस्पतालाको मेडिकल सुपरिटेन्डन विशाल तिवारीले जानकारी दिए । कोरोना संक्रमित महिला सामान्य लक्षण देखिएपछि उपचारका लागि जोमसोम अस्पतालमा पुगेकी थिइन् । ती महिला अहिले होम आइसोलेसनमा छन्।

पछिल्लो समय मुस्ताङमा पर्यटकीय चहलरपहल बढेको र उनी व्यापार व्यवसायसँग जोडिएकाले कोरोना संक्रमण भित्रिएको अनुमान गरिएको छ । मुस्ताङमा फागुनदेखि पर्यटकीय गतिविधि बढेको हो ।

मुस्ताङमा सडक तथा हवाईमार्गहुँदै दैनिक दुई हजार पर्यटक भित्रिने गरेका छन् । यसअघि मुस्ताङमा कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि यहाँ शत प्रतिशत नागरिकलाई कोभिड भ्याक्सिन लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top