ट्रेण्डिङ

होमपेज / समाज

एसईई परीक्षामा ३ जिपिएमाथि ल्याउने विद्यार्थी सम्मानित हुने

नेपालगाथा २०७९ चैत्र १२ गते आइतबार १५:४६:३७ मा प्रकाशित

सुर्खेत ।  सिमकोट गाउँपालिका २ न‍‍. वडा कार्यालय ठेहे हुम्लाले एसईई परीक्षामा ३ जिपिए भन्दामाथि ल्याउने विद्यार्थीलाई सम्मान गर्ने जनाएको छ । यही चैत्र १७ गते शुक्रबारदेखि सुरु हुन लागेको एसईई परीक्षामा ३ जिपिए भन्दामाथि ल्याउने सिमकोट गाउँपालिका २ न‍‍. वडा भित्र रहेकाे रामदेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद रु ५ हजार सहित प्रशंसापत्रले सम्मान गर्ने वडाको बैठकले निर्णय गरेको छ । आईतबार बसेको वडाकाे मासिक बैठकले यस्तो निर्णय गरेको हो ।

वडा अध्यक्ष देवजङ्ग बाेहराको अध्यक्षतामा बसेको बैठकले वडा सीमाना भित्र सञ्चालन भईरहेका विकासका आयाेजनालाई दीगाे बनाउनका साथै छिटाे र छरिताे तरिकाले सम्पन्न गर्न अनुगमन गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top