होमपेज / समाज
काठमाडौं । सांसद् शक्तिबहादुर बस्नेतले एसईई परीक्षा आफूले पढेकै विद्यालयमा हुनुपर्ने बताएका छन् । संसद्को शून्य समयमा बोल्दै सांसद् बस्नेतले होम सेन्टरमै परीक्षाको व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।
बस्नेतले भने, ‘कक्षा ९ देखि १२ लाई माध्यामिक शिक्षा भनिएको छ । एउटा विद्यालयमा पढिरहेका विद्यार्थी अर्को परीक्षा केन्द्रमा जाँदा विद्यार्थी मात्रै नभएर अभिभावकलाई टर्चर भएको छ ।'
यस वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि हुँदैछ ।