ट्रेण्डिङ

होमपेज / समाज

बिपी क्यान्सर अस्पतालको बढुवा नतिजामा स्वास्थ्यकर्मी संघको विरोध

नेपालगाथा २०७९ चैत्र १२ गते आइतबार १४:०७:१९ मा प्रकाशित

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको बढुवा सम्बन्धी नतिजाप्रति  नेपाल स्वास्थ्यकर्मी संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

सचिव सुशिला अधिकारीद्वारा जारी विज्ञप्तिमा राजनैतिक आस्थाको आधारमा  न्यूनतम तथा न्यूनतम अंक भन्दा पनि कम अंक दिने गरेको उल्लेख गरिएका  छ।

'विगत देखिनै गलत मनसायले राजनैतिक आस्थाको आधारमा तथा व्यक्तिगत रिसको आधारमा कुनै पनि किसिमको कारबाही नभएको कर्मचारीहरूलाई  सिनियरिटीको अंक माथि हुँदाहुँदै पनि कार्य सम्पादन मुल्याङ्कनमा न्यूनतम अंक तथा न्यूनतम अंक भन्दा पनि कम अंक दिई कर्मचारीहरू बढुवा हुनबाट बन्चित हुनु परेको छ' विज्ञप्तिमा भनिएको छ, 'यसरी अंक दिने जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न माग गर्दछौं।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top