ट्रेण्डिङ

होमपेज / समाज

आजको युग विज्ञान र प्रविधिको युग हाे- मुख्यमन्त्री शर्मा

नेपालगाथा २०७९ चैत्र १० गते शुक्रबार १८:१४:३१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुखयमन्त्री राजकुमार शर्माले आजको युग विज्ञान र प्रविधिको युग भएको बताएका छन्। शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा दूरसञ्चारले गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन्।

शर्माले भने ‘हाम्रो राज्यको मूल नीति नै पहिलो सिद्धान्त हो। आजको युगमा दुरसञ्चार प्रयोग गर्ने सन्दर्भमा हाम्रा समस्या कहाँ निर छन्। दुरसञ्चारले आफ्नो भूमिका पूरा गर्न सक्यो कि सकेन् भन्ने विषयको तथ्यङ्क राख्नुपर्छ। यो बिषयमा गम्भीर बहस र छलफल गर्न जरुरी रहेको छ। किन भने जनताको पसिनाको नुन पानि खाएर बाचेका छौँ। हामी जनताको कामदार हौँ। त्यसैले जनताको काम छिटो र छरितो गर्नुपर्छ।’

मुख्यमन्त्री शर्माले सेवा सुविधा छिटो छरितो पाउँनका लागि आइटि विज्ञ नै राख्नुपर्ने होर ? नागरिक संञ्चार सेवाबाट बन्चित हुनुपर्ने होर ? पैसा तिरेर पनि सञ्चारका सेवा सुविधाबाट बन्चित किन हुनु पर्ने भन्दै प्रश्न गरेका थिए। साथै शर्माले ठाउँ–ठाउँमा टावर राखिएको देखिने तर, मजदुरहरुले समयमै पारिश्रमिक नपाउँने र सर्वे पनि कहाँ कति खेर हुन्छ भन्ने कुरा थाहा नहुने गरेको गुनासो गरे।

कर्णाली प्रदेशमा दूरसञ्चार प्रालिले आफ्नो सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरेको थियो। कार्यक्रममा कर्णालीका मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख, संम्बन्धित निकायका कर्मचारीहरुको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top