होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश सरकारले चैत १२ गते जुम्ला जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कर्णाली प्रदेश सरकारको मन्त्रिपारिषद् बैठकले चैत १२ गते जुम्ला जिल्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसरमा बिदा दिने निर्णय गरेको थियो।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार चैत १२ गते आइतबार जुम्ला जिल्लामा मात्रै सार्वजनिक बिदा हुने भएको हो। १० जिल्ला रहेको कर्णाली प्रदेशमा जुम्ला बाहेक अन्य जिल्लामा राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते सार्वजनिक बिदा हुने गर्दछ।