ट्रेण्डिङ

होमपेज / समाज

नेकपा बहुमतको लघुवित्तीय संस्थाविरुद्ध विरोध प्रदर्शन

नेपालगाथा २०७९ चैत्र ९ गते बिहीबार १६:१६:०२ मा प्रकाशित

काठमाडौँ । ​लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।​

लघुवित्तीय संस्थाहरूका कारण सर्वसाधारणहरू पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले 'लघुवित्तीय संस्था खारेज गरु, 'पीडितको ऋण मिनाहा गरु, 'जनताको जीवनशैली सहज गर' लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा बहुमतका नेता गुणराज लोहनीले नेपालका ७५ प्रतिशत मान्छेहरू वित्तीय संस्थाबाट पीडित रहेको बताए । उनले लघुवित्तीय संस्थाहरूको ज्यादती नरोकिएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी दिए ।

लघुवित्तीय संस्थाहरूका कारण पीडित हुनुपरेको भन्दै पछिल्लो समय विरोध प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top