ट्रेण्डिङ

होमपेज / समाज

वडाध्यक्षका प्रत्यासी खत्रीको मुद्दामा दावी नपुग्ने फैसला

नेपालगाथा २०७९ चैत्र ८ गते बुधबार १८:०२:२५ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षका प्रत्यासी कुलबहादुर खत्रीले दायर गरेको मुद्दा दावी नपुगेको भन्दै अदालतले आज फैसला गरेको हो ।

प्रत्यासी खत्रीले वडाध्यक्षमा निर्वाचत खिमलाल देवकोटा विरुद्ध मतगणना बदर गरि दोहाराएर मतगणना गरिपाउँ भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । तर कायममुकाय न्यायाधीस माधवप्रसाद पोखरेल र न्यायाधीस पुनम सिंह चन्दको संयुक्त ईजलासले खत्रीले दायर गरेको मुद्दामा दावी नपुग्ने फैसला गरेको उच्च अदालत सुर्खेतका प्रवक्ता सरोजनिधि वाग्लेले जानकारी दिए । खत्रीले गत जेठ १० गते अदालतमा मुद्दा दर्ता गरेका थिए ।

‘दोहोराएर मतगणना गर्न प्रयाप्त आधार नदेखिएकाले दावी नपुगेको फैसला आएको छ,’ प्रवक्ता वाग्लेले भने, ‘अहिलेलाई दावी नपुगेको मात्रै फैसला आएको छ । तर कुन–कुन विषयमा दावी पुगेन भन्ने विषय पूर्णपाठ आएपछि मात्रै थाहा हुन्छ ।’

स्थानीय तहको निर्वाचनमा खिमलाल देवकोटा र खत्रीको मतान्तर पाँच रहेको थियो । देवकोटाले १९७३ मत ल्याएर विजयी हुँदा खत्रीले १९६८ मत ल्याएर पराजित भएका हुन् । देवकाेटा नेकपा एमाले र खत्री नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top