होमपेज / समाज
सुर्खेत । ग्याँस सिलिन्डर बोकेको ट्रक दैलेखमा दुर्घटना भएको छ । दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।
नेपालगन्जबाट दैलेख आउँदै गरेको मनकामना ग्याँस बोकेको भे १ ख २२०१ नम्बरको ट्रक बुधबार विहान गुराँस गाउँपालिका ४ मा सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशाेर लम्सालले जानकारी दिए ।
ट्रकमा ४ जना सवार रहेको बुझिएको छ । मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकि रहेको प्रहरीको भनाइ छ ।