ट्रेण्डिङ

होमपेज / समाज

एसईई परिक्षामा ३.६ जिपिए ल्याउने विद्यार्थी सम्मानित हुने

नेपालगाथा २०७९ चैत्र ८ गते बुधबार ११:२५:५१ मा प्रकाशित

सुर्खेत ।  सिमकोट गाउँपालिका हुम्लाले एसईई परिक्षामा ३.६ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्ने जनाएकाे छ । यही चैत्र १७ गते शुक्रबारदेखि सुरु हुन लागेको एसईई परिक्षामा ३.६ जिपिए ल्याउने सिमकोट गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद रु १० हजार सहित प्रशंसापत्रले सम्मान गर्ने गाउँ कार्यपालिकाकाे बैठकले निर्णय गरेकाे छ । 

मंगलबार बसेको गाउँकार्यपालिकाको १९औँ बैठकले यस्ताे निर्णय गरेको हो । उक्त बैठकले तेस्रो त्रैमासिक समीक्षा गोष्ठी चैत्र २४ गते गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले श्री बलभद्र प्राथमिक विद्यालयलाई कक्षा ६ सम्म पठनपाठन गर्न अनुमति दिनुका साथै पवित्र धार्मिक, पर्यटकीय स्थल रलिङ गुम्वाको गुरुयोजना निर्माणका लागि डिपिआर तयार गर्ने समेत सर्वसम्मत निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा बसेको बैठकले चैत्र २६ सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने समेत निर्णय गरेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top