होमपेज / समाज
सुर्खेत । हिमाली जिल्ला हुम्लामा मंगलबार दिउँसोदेखि हिमपात सुरु भएको छ । जिल्लामा हिमपात पर्ने समय विशेष गरी मंसिर, पुस र माघ तीन महिना भए पनि जलवायु परिर्वतनका कारण चैतमा समेत हिउँ पर्न थालेको छ ।
उच्च हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत माघ महिनामा हिउँ परेको थियो । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय फोटो खिच्न थालेका छन् भने हिउँमा रमाइरहेकाे फाेटाेहरु सामाजिक सञ्जलामा पोष्ट गर्न सुरु गरेका छन् ।
मंगलबार दिउँसोदेखि हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिका र सिमकाेट गाउँपालिकामा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीयको भनाइ छ । हिमपात हुँदा चैत, वैशाखमा खेतमा छर्किने कोदो, चिनु, फापर लगायतको कार्त्तिके बाली सप्रिने आशामा हुम्लाका किसान रहेका छन् ।