होमपेज / समाज
काठमाडौं । कोशी प्रदेश माओवादी संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री ईन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ ।
प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो । प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ । ढुंगाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण गर्नेको पहिचान भएको छैन ।
समितिका सदस्य नवीन पोमु आफूहरूले सदरमुकाम फुङलिङमा कालो झन्डा देखाउन खोजेको तर उनी प्रहरीको गाडीमा आएकाले असफल भएको बताउँछन् । ‘ढुङ्गा त कसले हान्यो थाहा भएन, प्रदेश नामकरणको विरोधमा अहिले ज्ञात–अज्ञात सबै छन्,’ पोमुले भने ।