ट्रेण्डिङ

होमपेज / समाज

स्याङ्जाका ५ क्याम्पसमा नेविसंघ, २ मा अनेरास्ववियुको नेतृत्व

नेपालगाथा २०७९ चैत्र ७ गते मंगलबार १४:१८:२० मा प्रकाशित

स्याङ्जा । स्वतन्त्र विद्यार्थी निर्वाचन अन्तरगत स्याङ्जाका ८ सामुदायिक क्याम्पसमध्ये ७ वटाको मतपरिणाम सार्वजनिक भएको छ। तर, एउटा क्याम्पसमा भने दुई विद्यार्थी संगठनबीच राय नमिल्दा निर्वाचन स्थगित भएको छ।

स्ववियु निर्वाचन अन्तरगत स्याङ्जाका ५ वटा क्याम्पसमा नेपाल विद्यार्थी संघले नेतृत्व गर्ने भएको छ भने २ वटामा अनेरास्ववियुले नेतृत्व पाएको छ। 

त्रिभुवन, वालिङ, गल्याङ्, मालुंगा, राधादामोदर संस्कृत विद्यापिठ क्याम्पसमा नेविसंघतर्फका उम्मेदवार क्रमशः सविन रेग्मी, सन्दिप कँडेल, विशाल थापा, अनुप पोखरेल र संजीवनी न्यौपानेले स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्ने अवसर पाएका हुन्।

यसै गरी सिद्धार्थ र मिर्मी बहुमुखी क्याम्पसमा अनेरास्ववियुतर्फका उम्मेदवार क्रमश संजोग थापा र मुना न्यौपानेले स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्ने अवसर पाएका छन्। चापाकोट बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुबिच कुरा नमिल्दा निर्वाचत स्थगित भएको हो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top