ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेत बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुकाे अग्रता कायमै

नेपालगाथा २०७९ चैत्र ६ गते सोमबार १६:४५:४१ मा प्रकाशित

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुकाे अग्रता कायमै रहेकाे छ। उत्त क्याम्पसमा अनेरास्ववियु र बामगठबन्धन बीच प्रतिस्पर्धा भइरहेकाे छ ।

पाँच सय पचास मतगणना हुदासम्म आएको मतपरिणाम अनुसार अनेरास्ववियुबाट अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतीले ३३३ मतले अग्रता लिएका छन्। भने गठबन्धनबाट उम्मेदवार अखिलका हिक्मत शाहीले १८० मत प्राप्त गरेका छन।

यस्तै, सचिव पदका उम्मेदवार अनेरास्ववियुका भुवानीप्रसाद ढकालले ३१२ मत, गठबन्धनका मिलन बिसीले १८७ मत, कोषाध्यक्षका उम्मेदवार अनेरास्ववियुका ललित रानाले २७६ मत र गठबन्धनका रामशरण विकले १८० मत प्राप्त गरेका छन्।

यस क्याम्पसमा १६८१ मत खसेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top