होमपेज / समाज
सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुले सुरुवातीमा अग्रता लिएको छ। आईतवार(हिजो) सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) चुनावमा अनेरास्ववियु र बाम लाेकतान्त्रिक गठबन्धन (नेपाल विद्यार्थी संघ तथा अनेरास्ववियु क्रान्तिकारी)बीच प्रतिस्पर्धा भएको छ।
करिब तीनसय मतगणना हुदासम्म आएको मतपरिणाम अनुसार अनेरास्ववियुबाट अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतीले १९१ मतले अग्रता लिएका छन्। भने गठबन्धनबाट उम्मेदवार अखिलका हिक्मत शाहीले १०२ मत प्राप्त गरेका छन।
यस्तै, सचिव पदका उम्मेदवार अनेरास्ववियुका भुवानीप्रसाद ढकालले १७० मत, गठबन्धनका मिलन बिसीले १०९ मत, कोषाध्यक्षका उम्मेदवार अनेरास्ववियुका ललित रानाले १४६ मत र गठबन्धनका रामशरण विकले ९६ मत प्राप्त गरेका छन्।
यस क्याम्पसमा १६८१ मत खसेको थियो। सोमबार बिहान करिब ११ बजेबाट मतगणना सुरु भएको छ।