ट्रेण्डिङ

होमपेज / समाज

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

नेपालगाथा २०७९ चैत्र ६ गते सोमबार १३:४८:२४ मा प्रकाशित

 बुटवल । बुटवल बहुमुखी क्याम्पसको स्ववियु चुनावमा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

अनेरास्ववियुका उम्‍मेदवार दुर्गबहादुर एमसी १ हजार २१४ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ मत पाए भने नेपाल विद्यार्थी संघका सागर पौडेल ४ सय ७४ मत मात्र पाए । यस्तै राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूहका बरन्यम राज गौतमले १४५, विप्लव निकट अखिल क्रान्तिकारीका पदम पराजुलीले २७ र अखिल क्रान्तिकारी बहुमतका पारस राहाडीले २५ मत पाएका क्याम्पस प्रमुख खिमानन्द भण्डारीले जानकारी दिए।

कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६८१ मत खसेको थियो ।

यस्तै सचिवमा अनेरास्ववियुका निलकण्ठ पाण्डे १ हजार २१५ मत पाएर निर्वाचित भए भने नेविसंघका माधव खत्रीले ६०१ र अखिल क्रान्तिकारीका ४ सय ३७ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुकै शशांक बस्यालले १ हजार २१० मत पाएर विजयी भए । निकटतम प्रतिस्पर्धी नेविसंघकी सम्झना पंगेनीले ५१८ र अखिल क्रान्तिकारीकी सपना फुल्लेलले ४९८ मत पाएका छन् ।

यस्तै सदस्य पदमा पनि अनेरास्ववियुका नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्ज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएका छन् ।

यस्तै समानुपातिकतर्फ अनेरास्ववियुले सबैभन्दा बढी १३ सय मत पाएको छ । दोस्रोमा नेविसंघले ५९२ मत, अखिल क्रान्तिकारीले ४९७ मत, राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूहले १९० मत, विप्लव निकट अखिल क्रान्तिकारीले ३८ मत र नेकपा बहुमत निकट अखिल क्रान्तिकारी बहुमतले ३२ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top