होमपेज / समाज
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत कर्णालीका अधिकांश क्याम्पसहरुको नतिजा आइसकेको छ । कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र त्रिभूवन विश्वविद्यालय अन्तर्गतका ३८ वटा क्याम्पस र १ विश्वविद्यालय छन् भने ३ वटा विश्वविद्यालयका आंगिक क्याम्पस प्रदेश बाहिर छन् । प्रदेशभित्रका ३९ वटामध्ये ३३ वटा क्याम्पसहरुको नतिजा सार्वजनिक भइसकेको छ ।
यस्तै मध्यपश्चिम विश्वविद्यालयसहित ४ वटामा विविध कारण चुनाव हुन सकेन । मध्यपश्चिम विश्वविद्यालय र त्यसका आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पस दैलेख, मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिममा स्ववियू निर्वाचन हुन सकेन ।
मध्यपश्चिम विश्वविद्यालय र मुसिकोटमा उच्च अदालतमा रिट परेको कारण चुनाव हुन सकेन भने नारायण क्याम्पसमा विद्यार्थी संगठन र निर्वाचन टोलीबीचमा आपसी मदभेदका कारण चुनाव हुन सकेन । यस्तै त्रिभूवन विश्वविद्यालय अन्तर्गतका जाजरकोटको नलगाड बहुमुखी क्याम्पस र दैलेखको कोटदेवल क्याम्पस अवलपराजुलमा पनि विवादका कारण चुनाव रोकिएको छ । नलगाडमा मतदानको अन्तिमतिर फर्जी मत हालेको विषयलाई लिएर विवाद भएकाले पुनः चुनाव गर्ने वा त्यसैलाई सहमतिका आधारमा अघि बढ्ने भन्ने विषयमा निर्णय आएको छैन ।
यस्तै सबैले प्रतिष्ठाको विषय बनाएको सुर्खेत बहुमुखी क्याम्पसको नतिजा पनि आउन बाँकी छ । नतिजा आएका करिब १७ वटा क्याम्पसमा निर्विरोध रुपमा चुनाव सम्पन्न भएको थियो भने आइतबार १८ वटा क्याम्पसमा चुनाव भएको थियो । त्यसमध्ये नलगाडमा बीचैमा विवाद हुँदा चुनवा रोकिएको छ ।
नतिजा आएका १५ वटा क्याम्पसहरुमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले वर्चश्व जमाएको छ । यस्तै नेपाली कांग्रेस निकट नेविसंघले १२ र नेकपा एमाले निकट अनेरास्ववियु भने जम्मा ५ वटा क्याम्पसमा सीमित बनेको छ । एक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
कपुरकोट बहुमुखी क्याम्पस सल्यानमा भने स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्यले जितेका हुन् । उनी नेविसंघबाट टिकट नपाएपछि स्वतन्त्र लडेका थिए । विषेशगरी गठबन्धनका कारण नेविसंघलाई फाइदा पुगेको छ भने अखिल क्रान्तिकारीबाट अध्यक्षका उम्मेदवार बनेकाहरु निर्विरोध निर्वाचित भएका छन् ।
कुन विद्यार्थी संगठनले कुन क्याम्पसको नेतृत्व पाए ?
अखिल क्रान्तिकारी
— जनचेतना बहुमुखी क्याम्पस, कालिकोट- पार्वती सन्ज्याल
— तिला कर्णाली बहुमुखी क्याम्पस, कालिको- हिक्मत सिंह
— जहारी क्याम्पस, खोलागाउँ रुकुम पश्चिम- भरत विक
— राडिज्यूला शिक्षा क्याम्पस,आठबिसकोट रुकुम पश्चिम - दिपक केसी
— सिंजा बहुमुखी क्याम्पस, सिंजा जुम्ला - सन्तोष आचार्य (निर्विरोध)
— स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम - किरण विश्वकर्मा (निर्विरोध)
— सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम- वीरभान भण्डारी (निर्विरोध)
— सितल क्याम्पस, चौरजहारी रुकुम पश्चिम - निराजन केसी (निर्विरोध)
— सिम्रुतु क्यापस, त्रिवेणी रुकुम पश्चिम - निर्मला बुढाथोकी (निर्विरोध)
— चतुर्देव क्याम्पस, रातापानी मुगु - मन्सुर कार्की (निर्विरोध)
— बनगाड क्याम्पस, सल्यान- अजय विष्ट (निर्विरोध)
—थारल्ला बहुमुखी क्याम्पस, दार्मा सल्यान- बरुण न्यौपाने (निर्विरोध)
— लिखु संयुक्त क्याम्पस, डोल्पा - रनचन्द्र शाही (निर्विरोध)
— जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट - जागेश्वर थापा (निर्विरोध)
— जनकल्याण क्याम्पस, थारमारे सल्यान- एकराज ओली (निर्विरोध)
नेविसंघ
— चामुण्डा कलेज, दैलेख- सुनिलकुमार शाही
— आठबिस शिक्षा क्याम्पस, तिलेपाटा दैलेख- नगेन्द्रबहादुर शाही
—द्रोणाचल बहुमुखी क्याम्पस, दुल्लु दैलेख- प्रकाश थापा
— रारा बहुमुखी क्याम्पस, मुगु - राज तामाङ
— नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोट - जुनिता विष्ट (निर्विरोध)
— गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत- गोपाल खड्का (निर्विरोध)
— मानसरोबर बहुमुखी क्याम्पस, हुम्ला- नरेन्द्र भण्डारी (निर्विरोध)
— विद्यापुर जनता बहुमुखी क्याम्पस, सुर्खेत - चेतन नेपाली
— जुम्ला बहुमुखी क्याम्पस, जुम्ला- महेश हमाल
—डोल्पो क्याम्पस, डोल्पा - खिमबहादुर रोकाय
— भेरी ज्ञानोदय बहुमुखी क्याम्पस, जाजरकोट- प्रकाशसिंह ठकुरी
— रुकुमेली क्याम्पस,खलङ्गा रुकुम पश्चिम- अनिशेष केसी
अनेरास्ववियु
— सिम्ता बहुमुखी क्याम्पस, सुर्खेत - स्धनश्याम रेग्मी
— अमरदीप क्याम्पस, सुर्खेत - अनुप ढकाल (निर्विरोध)
— हिम शिखर बहुमुखी क्याम्पस, सुर्खेत - सिर्जना रसायली (निर्विरोध)
— भेरी क्याम्पस, गुमी सुर्खेत - शक्ति पौडेल
— सल्यान बहुमुखी क्याम्पस, सल्यान - राजेश वली (निर्विरोध)
स्वतन्त्र
— कपुरकोट बहुमुखी क्याम्पस, सल्यान - रामप्रसाद आचार्य