ट्रेण्डिङ

होमपेज / समाज

पाँच डिआईजी एआईजीमा बढुवा

नेपालगाथा २०७९ चैत्र ६ गते सोमबार ११:१४:१४ मा प्रकाशित

काठमाडौं । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top