होमपेज / समाज
काठमाडौ । मोरङको विराटनगरमा अहिले प्रदेशको नाम कोशी राखेको विरोधमा प्रदर्शन भइरहेको छ।
कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार नै प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरे पनि पहिचान पक्षधरहरूले त्यसको बेवास्ता गर्दै प्रदर्शन सुरू गरेका हुन्।
प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।