ट्रेण्डिङ

होमपेज / समाज

सिन्धुलीमा अनेरास्ववियु चार, नेविसंघ र क्रान्तिकारी तीन–तीन क्याम्पसमा निर्विरोध निर्वाचित

नेपालगाथा २०७९ चैत्र ५ गते आइतबार १३:२६:४१ मा प्रकाशित

सिन्धुली । आज देशैभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भइरहेका बेला सिन्धुलीका सबै क्याम्पसमा स्ववियु कमिटि निर्विरोध निर्वाचित भएका छन् । त्रिविबाट सम्बन्धन प्राप्त जिल्लाका १० वटा क्याम्पसमा निर्विरोध कमिटी चयन गरिएको हो ।

जिल्लास्थित विद्यार्थी संगठनले भाडबण्डामा दशवटै क्याम्पसमा सर्बसम्मत कमिटी गठन गरेका हुन् ।  सहमतिअनुसार अनेरास्ववीयुले चार,नेविसंघले ३ र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले तीनवटा क्याम्पसमा स्ववियुको नेतृत्व पाएका छन् ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले निकट विद्यार्थी संगठनहरूले सहमतिमा उमेदवारी दर्ता गराएपछि सबै क्याम्पसको कमिटी सर्वसम्मत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । 

प्राप्त जानकारी अनुसार अनेरास्ववियुका तर्फबाट गौमति क्याम्पसको स्ववियु सभापतिमा प्रज्वल तिमल्सिना,सरस्वती क्याम्पस डकाहा दुधौलीको सभापतिमा देबराज गौतम, भिमज्योति क्याम्पस खुर्कोट गोलन्जोरमा लक्ष्मि श्रेष्ठ र तिनपाटन बहुमुखी क्याम्पस भिमस्थानमा प्रेमबहादुर पुलामी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै नेविसंघका तर्फबाट सिन्धुली बहुमुखी क्याम्पसको सभापतिमा कृष्ण लामिछाने, लाम्पानटार बहुमुखी क्याम्पसको सभापतिमा रामप्रसाद गौतम र त्रिपुरेश्वर क्याम्पस तिनपाटनको सभापतिमा भक्तबहादुर तामाङ निर्विारोध चयन भएका छन् । 

अखिल क्रान्तिकारीबाट शिद्धज्योति शिक्षा क्याम्पसको स्ववियु सभापतिमा गोविन्द पहाडी, मरिण बहुमुखी क्याम्पसको सभापतिमा विज्ञान दोर्जे लामा र सुनकोशी क्याम्पसको स्ववियु सभापतिमा विनिता न्यौपाने निर्विरोध निर्वाचित भएका हुन्।

गएको फागुन २७ गतेका दिन उमेदवारी दर्ता गराउने क्रममा संगठनबीच सहमतिमा उमेदवारी दिइएको थियो ।  उनीहरूलाई सबै क्याम्पसका निर्वाचन अधिकारीले सर्वसम्मत निर्वाचित प्रमाणपत्र दिँदै शपथ ग्रहरण समेत गराएका छन् । सबै क्याम्पसमा स्ववियु कमिटीको पदाधिकारी तथा समावेशी सदस्यमा तीनवटै विद्यार्थी संगठनका उमेदवार निर्विरोध निर्वाचित भएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top