होमपेज / समाज
सुर्खेत । अखिल नेपाल किसान महासंघ जिल्ला समिति सुर्खेतको अगुवाइमा शनिबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्याललाई ज्ञापन पत्र बुझाइएको छ ।
सरकारले गत फागुन २६ गते किसानलाई उपलब्ध गराउदै आएको रासायनिक मलको अनुदान कटौतीका सन्दर्भमा जिल्ला समिति सुर्खेतका अध्यक्ष बिनोद कुमार गिरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लमार्फत उक्त ज्ञापनपत्र सरकार समक्ष पेश गरिएको हाे ।
नेपाल सरकारले गरेको रासायनिक मलको अनुदान कटौती र मुल्य वृद्धिको विरोधका कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाइएको हाे । सरकारले किसानमाथि गरेकाे गलत निर्णय तुरून्त नसच्याएमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने महासंघले तयारी गरेकाे छ ।
कृषि क्षेत्रमा क्रियाशील संघसंस्थासङ्गको अगुवाइमा शुरू भएकाे विराेध कार्यक्रम अन्तर्गतकाे सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा किसान महासंघका केन्द्रीय कमिटी सदस्य टीका अधिकारी, कर्णाली प्रदेश कमिटी सचिव धर्मराज ढुंगाना, प्रदेश पदाधिकारी, जिल्ला र नगर कमिटीका सदस्यहरु र अखिल नेपाल महिला संघका पदाधिकारीहरुको सहभागिता रहेकाे थियाे ।