होमपेज / समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोकास्थित कुमारीघर पुगेका छन् ।
राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारकेड बिनानै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे । उनको सवारीमा आज बाटो खाली गराइएको थिएन ।
राष्ट्रपतिको सवारीका बेला सडक आली गराइएको र सर्वसाधारणलाई हिँड्न पनि नदिएको भन्दै विगतमा आलोचना हुने गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट कुमारी घरमा भएको पूजाको प्रसाद पुर्याइएको छ ।