ट्रेण्डिङ

होमपेज / समाज

सरकारकाे निर्णयप्रति किसान महासंघको आपत्ति

निर्णय नसच्याए देशव्यापी आन्दाेलन

नेपालगाथा २०७९ चैत्र ३ गते शुक्रबार ०८:४१:५४ मा प्रकाशित

सुर्खेत । अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेशले सरकारकाे विराेधमा बृहत आन्दाेलन गर्ने बताएकाे छ । रासायनिक मलको अनुदान कटौती र मुल्य वृद्धिको विरोधमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले यस्ताे चेतावनी दिएकाे हाे । 

महासंघका प्रदेश कमिटी अध्यक्ष बखतबहादुर भण्डारीले कृषि प्रधान देशमा सरकारले कृषकका विरुद्धमा गरेकाे निर्णयका विरुद्धमा देशव्यापी आन्दाेलन गर्ने तयारी गरेकाे जानकारी दिए । उनले चैत ३ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर क्रमश: आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत बताए ।   

किसान महासंघका कर्णाली प्रदेश सचिव धर्मराज ढुंगानाले सरकारको तर्फबाट किसान र कृषि क्षेत्रका लागि दिँदै आएको एकमात्र अनुदान कटौती गर्ने निर्णय असंवेदनशील र गैरजिम्मेवार निर्णय भएको भन्दै अबिलम्ब फिर्ता लिन सरकारसँग माग गरे। 

यस्तै, चैत ३ गते प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने र जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने साथै स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी आवश्यकताका आधारमा संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने किसान महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top