ट्रेण्डिङ

होमपेज / समाज

अनुदान कटौती किसानको हित विपरित

निर्णय फिर्ता लिन अपिल

नेपालगाथा २०७९ चैत्र ३ गते शुक्रबार ०६:०८:०० मा प्रकाशित

सुर्खेत । राष्ट्रिय कृषक समूह महासङ्घ, कर्णाली प्रदेशले नेपाल सरकारले रासायनिक मलमा अनुदान कटौती र मूल्य वृद्धि गरेपछि यसकाे विरोध गरेकाे छ । बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै महासङ्घले कुल जनसंख्याको करिव ६६ प्रतिशत मानिसहरु प्रत्यक्ष सङ्लग्न रहेको कृषि पेशा र कृषकलाइ राज्यले थप सहयोग गर्नुको साटो उपलब्ध गराउदै आइरहेको मलको समेत अनुदान कटौती गर्नु किसानको हित विपरित भएको बताएकाे छ।

कृषि विभाग र पशुपन्छी विभागबाट किसानका नाममा दिइने अनुदान किसान मैत्री नभएकाले कटौतीको माग गरेको महासङ्घले सरकारको यो निर्णय सरासर गैरजिम्मेवार भएको निष्कर्ष निकालेको छ ।

महासङ्घका कर्णाली प्रदेश समितिका अध्यक्ष सन्त बहादुर केसीद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा किसानका समस्याका विषयमा सरकार एवम् सम्बन्धित मन्त्रालयले ध्यान दिनुको सट्टा पाइरहेको सेवा पनि बन्चित गराउनु कृषि पेशा प्रतिको अपहेलना भएकाे बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top