ट्रेण्डिङ

होमपेज / समाज

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगाथा २०७९ चैत्र १ गते बुधबार १९:०२:४४ मा प्रकाशित

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ गंगा जमुना गाउँपालिका-६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ खड्क भद्रकाली बस्ने ५० वर्षीय पुरन बहादुर घलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले ३६ लाख ८८ हजार रूपैयाँ पिडितलाई बिगो भराई ३६ लाख ८८ हजार रुपैयाँ जरिवाना र क्षतिपुर्ति शुल्क १ लाख ४७ हजार ५ सय २० रूपैयाँका साथै ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ खड्क भद्रकालीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top