ट्रेण्डिङ

होमपेज / समाज

मानवअधिकारकर्मी सिंह पुरस्कृत

नेपालगाथा २०७९ चैत्र १ गते बुधबार १५:४१:०० मा प्रकाशित

मनाेज बाेहरा, सुर्खेत । मानव अधिकारकाे क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सचिव एवम् इन्सेक हुम्लाका प्रतिनिधि नन्दकुमार सिंहलाई उत्कृष्ट प्रतिनिधिका रूपमा पुरस्कृत गरेको छ ।

बुधवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था बारेमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सिंहलाई इन्सेकका अध्यक्ष कुन्दन अर्याल र कर्णाली प्रदेश सरकार मुख्यमन्त्री कार्यलयका प्रमुख सचिव  डा.गोपीकृष्ण खनालबाट नगद सात हजारसहित सम्मान पत्रले सम्मान गरेका हुन् ।

सिहंलाई कर्णाली प्रदेशका १० वटै जिल्लाबाट उत्कृष्ट प्रतिनिधिका रूपमा पुरस्कृत गरेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिए ।

सिहंले हुम्ला जिल्लामा लामो समयदेखि पत्रकारिता एवम इन्सेक प्रतिनिधिका रुपमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top