ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालय स्ववियु चुनाव हाललाई स्थगित

उच्च अदालत सुर्खेतकाे अल्पकालिन अन्तरिम आदेश

नेपालगाथा २०७९ चैत्र १ गते बुधबार १५:१४:०७ मा प्रकाशित

सुर्खेत । मप विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै विद्यार्थीहरुले दायर गरेकाे  रिटमा उच्च अदालत सुर्खेतले स्थगित गर्ने आदेश दिएकाे छ । विश्वविद्यालय अन्तर्गतकै ‘स्कुल अफ म्यानेजमेन्ट’ (मोसुम)मा अध्ययनरत तीन जना विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाहीले उच्च अदालत सुर्खेतमा मंगलबार दायर गरेकाे रिटमा बुधरबार (आज)  उच्च अदाल सुर्खेतले अल्पकालिन अन्तरिम आदेश दिएकाे हाे । 

अदलतले दिएकाे आदेशमा निवेदनकाे माग बमाेजिम उत्प्रेषणकाे आदेश किन जारी हुन नपर्ने हाे ? भनि जवाफ माग गरिएकाे छ । निवेदनमा अन्तरिम आदेशकाे समेत माग भएकाले साे हेर्दा दुवै पक्षकाे कुरा सुनेर निष्कर्षमा पुग्नु उचित देखिएकाले चैत्र ८ गते पेशी तारेख ताेकेर अन्तरिम आदेशका लागि दुवै पक्षलाई जानकारी गराउन भनिएकाे छ । 

यसैगरी फागुन ५ गते प्रकाशित निर्वाचनका सम्पूर्ण कार्यक्रम यथास्थानमा राखेर निर्वाचन सम्बन्धी कुनै पनि काम कारबाही नगर्नु नगराउनु भनि आदेश जारी गरेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top