होमपेज / समाज
काठमाडौँ । चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।
उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । । अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताए ।
‘प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि हामीले आन्दोलनका सबै कार्याक्रम फिर्ता लिएका छौं,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘माग पुरा नभए पुनः आन्दोलन गर्नु होला । तर सरकार तपाईंहरुको माग पुरा गर्न तयार छ भनेर प्रधानमन्त्रीले बाचा गर्नु भएको छ ।’