ट्रेण्डिङ

होमपेज / समाज

विद्यार्थीद्वारा मध्यपश्चिम विश्वविद्यालयविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर

नेपालगाथा २०७९ फाल्गुण ३० गते मंगलबार १६:०८:४३ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतकै स्कुल अफ म्यानेजमेन्ट (मुसोम),मा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाहीले मध्यपश्चिम विश्वविद्यालयविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् । 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट (मुसोम) का विद्यार्थीलाई वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालय लगायत पाँच वटा कार्यालयविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।

अन्तरिम आदेश सहितको उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भन्दै मंगलबार मध्यपश्चिम विश्वविद्यालय, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति, केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय, मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र ग्य्राजुयट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साईन्स परिसर, केन्द्रीय क्याम्पस गरी पाँच वटा कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ३ गते स्ववियु निर्वाचन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top