ट्रेण्डिङ

होमपेज / समाज

हेलिकप्टरबाट १६ वर्षीय बालिकाकाे उद्दार

नेपालगाथा २०७९ फाल्गुण ३० गते मंगलबार १५:२५:१६ मा प्रकाशित

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकाबाट १६ वर्षीय जुनकली कामीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

सोमबारदेखि सुत्केरी व्यथाले थलिएर बच्चा जन्माउन नसकेकी दfर्मा गाउँकी कामीलाई म‌ंगलबार (आज) नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएकाे छ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, चंखेली गाउँपालिकाका जनप्रतिनिधिहरू र जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएकाे जिल्ला अस्पताल हुम्लाले जानकारी दिएकाे छ ।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्दारका लागि कार्यविधि २०७५ कात्तिक ३० गतेको संघीय मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top