ट्रेण्डिङ

होमपेज / समाज

ठगी गरेको अभियोग लागेका पृथ्वी शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश 

नेपालगाथा २०७९ फाल्गुण ३० गते मंगलबार १४:०७:०८ मा प्रकाशित

काठमाडौं । विदेशी नागरिकको रकम ठगी गरेको अभियोग लागेका पृथ्वी शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । सोमबार विदेशी नागरिकलाई ठगेर अवैध रकम नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको केन्द्रीय अनुसन्‍धान ब्युरोका प्रवक्ता एवं एसपी संजयसिंह थापाले जानकारी दिए। 

 पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई चाहिँ ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top